नयाँ दिल्ली प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत

171

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

चार मन्त्रीसहितको जम्बो टोली लिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थान ओर्लिएका उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।  देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सहभागी छन्।

साे टोलीमा पत्‍नी डाक्टर आरजु राणा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरु, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्।  उनको भ्रमण टोलीमा निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here