नेवा: विद्यार्थी युनियनबाट नेवा: देय् दबुका नव निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई ज्ञापनपत्र

151

काठमाडौं । नेवार समुदायको विद्यार्थी साझा संगठन नेवा विद्यार्थी युनियनबाट नेवा देय् दबुका नव निर्वाचित अध्यक्ष पवित्र बजाचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई ज्ञापनपत्र तथा शुभकामना प्रदान गरी माग पुरा गराउन आग्रह गरेका छन् ।

रत्न राज्यलक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेकोले नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ । नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सदस्य मनिस कुमार श्रेष्ठ (मानव) सहितका विद्यार्थी नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भनिएका छ नेवाः विद्यार्थी युनियन नेवार समुदायको साझा संगठन हो । जसको मुख्य उद्देश्य भनेकै नेवार विद्यार्थीहरुको नेवाः हक अधिकारका बारेमा चेतना जागरण गराई नेवाः विद्यार्थीहरुलाई संगठित गरी नेपाल भाषाको संरक्षण, प्रवद्र्धन गर्ने जनाइएको छ । साथै नेपाल भाषा पठनपाठन क्षमता अभिवृद्धि गर्ने लगायत विभिन्न कार्यक्रम गर्ने जनाइएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पस, पद्म कन्या क्याम्पस र ललितपुरको पाटन संयुक्त क्याम्पसमा त्रि.वि. नीति—नियम अनुसार १०—१० जना विद्यार्थी संख्या भएको खण्डमा मात्रै नेपाल भाषाका कक्षा संचालन गर्ने भएकाले यसै महिनाभित्र विद्यार्थीहरु भर्ना गराउन अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here