श्रीलंकामा अल्पमतमा राजपक्षे सरकार

145

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देशव्यापी संकटकाल अन्त्यको घोषणा गरेका छन्।

देशमा गहिरिँदो आर्थिक संकटका कारण आन्दोलन चर्किरहँदा एक अप्रिलबाट संकटकाल लगाइएको थियो।

मंगलबा अबेर राति जारी सूचनामा राष्ट्रपतिले संकटकाल नियम अध्यादेश फिर्ता लिएका हुन्।  साथै गोटाबाया राजपक्षेको सरकार अल्पमतमा परेको छ।

उसका सबै २६ मन्त्रीले राजीनामा दिएपछि अब सरकारबाट विपक्षका साथ साथ उनका पूर्व सहयोगी दलहरुले पनि राजीनामा माग गरेका छन्।

श्रीलंका यस समय अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ। देशमा इन्धनदेखि लिएर खाद्यानका सामानको मूल्य बढेको छ भने सामान पाउने अवस्था पनि छैन। श्रीलंकाले अहिले मुद्रास्फीति र लोडसेडिङको सामाना गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here