सुरक्षाको स्वर, टिकाको संगीतमा ‘निशब्द’ सार्वजनिक ( भिडियो )

258
काठमाडौं – टिका दाहालले संगीतवद्द गरेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘निशब्द’ सार्वजनिक भएको छ। गीतकार रमेश दाहालको प्रेमिल शब्दमा रहेको  यस गीतमा  गायिका सुरक्षा सेन्चुरीको स्वर सुन्न सकिन्छ । राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी फिचर्ड छन्।  बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

https://youtu.be/ystVAViEUas

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here