चीनसहित चार देशमा माओवादी कोटाबाट राजदूत सिफारिस, अष्ट्रेलियामा माधव

220

सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन्। त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका र स्पेनमा पनि माओवादी कोटाबाट राजदूत सिफारिस भएका छन्।दक्षिण अफ्रिकामा माओवादी कोटाबाट दानबहादुर तामाङ राजदूत सिफारिस भएका छन्।

त्यस्तै, परराष्ट्र कर्मचारीबाट सहसचिव दुर्गाबहादुर सुबेदी (दुबसु) जापानका लागि राजदूत तय भएका छन्।

राजनीतिक दलबाट १२ र परराष्ट्र कर्मचारीबाट ८ जनाको राजदूतमा सिफारिस भए पनि सबै नाम सार्वजनिक भइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here