प्रधान सेनापति र युएनआरसी रिचार्ड बीच भेटघाट

130

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र United Nations Resident Coordinator (UNRC) Mr. Richard Howard बीच चैत्र २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको    थियो ।

साेही अवसरमा Mr. Richard Howard ले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्‍याएका योगदानको प्रशंसा गर्नु भएको र श्री बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने UNMO, UNSO तालिमको अन्तराष्ट्रिय मान्यताको लागि Accreditation Process को लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

साथै, उहाँले कंगो मिशनमा अपरेशन “बाली” को दौरान,  चैत्र २२ गते विद्रोहीको फायरबाट मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति हार्दिक संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई संयुक्त राष्ट्र संघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने विश्वास समेत दिलाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here