काठमाडौं । नेपाल एएफसी फुटसल एसियन कप छनोटमा उज्वेकिस्तानसँग पराजित भएको छ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको हो।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई गोल गरे। यता, खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक/एक गोल गरे। नेपालका मणि लामाले एक गोल फर्काए।
छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल सोमबार ताजिकिस्तानसँग खेल्ने छ। नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने छ।


















