रुसी आक्रमणको निशाना युक्रेनमात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम

94

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको बताएका छन्।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनसम्म मात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम रहेको बताएका हुन् ।

रुसी उर्जामा पूर्ण प्रतिबन्ध लगाउन उनले पश्चिमा राष्ट्रसँग आग्रह गरेका छन् । युक्रेनलाई थप हतियारसहितका सैन्य सहयोग गर्न पनि उनले माग गरेका छन् ।

रुसको सैन्य आक्रमण सबैलाई नोक्सान गर्ने विपद रहेको उनले बताए । उनले युक्रेन संघर्षपूर्ण लडाईँका लागि तयार रहेको पनि बताए । रुसी सैनिकले हाल आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ ।

जेलेन्स्कीले भनेका छन्, ‘यो युद्ध कठिन हुनेछ, तर जित हाम्रो हुनेछ भन्ने विश्वास छ । रक्षात्मक युद्धसँगै शान्तिका लागि कूटनीतिक मार्गको खोजीका लागि हामी प्रतिवद्ध छौँ ।’

युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले रुसी सैनिक पूर्वी क्षेत्रमा पराजित नहुँदासम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच वार्ताको सम्भावना नरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here