वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय

122

काठमाडौं । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार सम्पन्न नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो।

बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावनाअनुसार व्यवहार गर्ने निर्णय गरेको छ।

पार्टीका नगर कमिटीका प्रमुख सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको कांगे्रस नगर सभापति खड्काले जानकारी दिए।

बैठकमा नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकीकृत समाजवादी)का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए।

यसअघि ती दलहरुको जिल्ला कमिटीको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशील बनाउनेलगायतका निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here