अमेरिकी दुतावास बाहिर “ हामी युक्रेनको पक्षमा छौं” भन्ने बोर्ड तत्काल हटाउँन सरकारसँग माग

139

घोराही । नेकपा निकट युवा संगठन नेपालले नेपालस्थित अमेरिकी दुतावास बाहिर “ हामी युक्रेनको पक्षमा छौं” भन्ने बोर्ड राखिएको हुँदा उक्त बोर्ड तत्काल हटाउँन नेपाल सरकारसँग जोडदार माग गरेको छ । युवा संगठन नेपाल दाङले आज मंगलबार जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाण्डौंमा ध्यानकर्षण पत्र बुझाउँदै सो बोर्डको बारेमा अमेरीकी दुतावासलाई सचेत गराइ तत्काल बोर्ड हटाउन माग गरेको हो ।

युवा संगठन नेपाल केन्द्रीय समितिले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘नेपालस्थित अमेरिकी दुतावास बाहिर “ हामी युक्रेनको पक्षमा छौं” भन्ने ठूलो बोर्ड राखिएको छ । यस कार्यप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रकारको कार्यले नेपालको असंलग्नताको नीतिको ठाडो उल्लंघन हुन जान्छ । त्यस बोर्डमा जुन शब्द (हामी) प्रयोग भएको छ , त्यसले नेपाल पनि युद्धरत देशको पक्ष वा विपक्षमा भएको पुष्टि गर्दछ ।’
कुनैपनि देशको जालमा परी नेपाल प्रयोग हुने कार्यले देश शक्तिराष्ट्रहरुको गोटी भएको प्रष्ट हुन आउँछ । यसले दीर्घकालिन रुपमा नेपाललाई सहि ठाउँमा पु¥याउँदैन् र अमेरिकी दुतावासले जुन कार्य गरेको छ , यसले प्रचलित कुटनीतिक मान्यता विपरितको कार्य गरिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
उक्त कार्य रोक्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं र अमेरिकी दुतावासलाई सचेत गराइ उक्त बोर्ड हटाउन तत्काल पहल गर्न सरकारसँग माग गरेको कुरा युवा संगठन नेपाल केन्द्रीय समितिले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ।

युवा संगठन नेपाल केन्द्रीय समिती सदस्य एवम दाङ जिल्ला संयोजक जिवनी चौधरी,संगठनका जिल्ला सचीव शुदर्शन,जिल्ला सचिवालय सदस्य एवम घोराही उपमहानगर कमिटीका अध्यक्ष पदम चन्द लगाएतको टोलिले आज प्रशासन कार्यालय पुगि सिडियो मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रको पुर्णपाठ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here