टेलिकमले नयाँ वर्ष अफर ल्यायाे

97

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ग्राहक योजना सार्वजनिक गरेको छ।

टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस प्याकसहितको नयाँ वर्ष योजना उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।    यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ मा खरिद गर्न सकिने छ। *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डेटा प्याक र ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध हुने टेलिकमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here