एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा

125

काठमाडौं  ।  नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एसिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने भएको छ । एनआईसी एसिया क्यापिटलको अनलाइन डिम्याट सेवा र एनआईसी एसिया बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वैशाख १ गतेदेखि असार मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने व्यवस्था छ । क्यापिटलले विगतका वर्ष देखि नै ‘एक नेपाली, एक डिम्याट’ खाता अभियान अन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित सहज र सरल सेवा उपलब्ध गराउँदै आएको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा उक्त अभियानसहित पुँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यापी रुपमा संचालन गर्न लागिएको कम्पनीले जनाएको छ । यस सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोबाइल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here