रमेशले जेल जीवन सुनाउँदै भनेः समाजमा पुनःस्थापित हुन कठिन छ, बाँकी जीवन विपन्नका लागि शिक्षामा लगाउँछु

75

काठमाडौं । पाँच वर्ष जेल जीवन बिताएर छुटेका दैलेखका रमेश सार्कीले गरिब दुखीको लागि शिक्षा क्षेत्रमा काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । उनले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाँकी जीवन विपन्नका लागि शिक्षामा लगाउने बताएका हुन् ।
उनले जेल जिवनबाट रिहा भएपछि समाजमा पुनःस्थापित हुन नेपाली समाजमा निकै गाह्रो भएको बताए । उनले भने, ‘म जेलबाट रिहा भएपछि समाजमा रहनबस्न निकै गाह्रो भएको छ ।’
रमेशले आफु पाँच वर्षको अवधिमा सात वटा जेलमा बसेको सुनाउँदै नेपालका जेलको अवस्था नाजुक रहेको बताए । उनले जेलभित्र हुने गरेको आन्तरिक प्रशासन चित्त बुझ्दो नभएको अनुभव सुनाए । ‘जेलमा पनि पावरफुल मान्छेलाई मात्र सजिलो छ । गरिब र सोझा कैदीलाई धेरै गाह्रो छ । जिउनै नसक्ने अवस्था रहेको छ । सोझाँ जनतालाई कुनै पनि ठाउँमा बाच्न गाह्रो छ,’ उनले भने ।
लागुऔषध मुद्दामा २०७२ साल चैतमा जेल परेका थिए रमेश र उनले भने,‘ मेरो मुद्दा लागुओषध हो । यसमा ३ महिना थुनामा राख्दो रहेछ । त्यो तिन महिना मलाई ३ वर्ष जस्तो लाग्यो । त्यो ठाउँ निकै सानो भएको हुँदा सास्ती खेपीयो ।’ उनले आफु जेल पर्नको कारण सरकार दोषी भएको बताए । ‘सरकारले मलाई राजगार दिएको भए म लागुओषधको सिकार हुने थिएन् । जेल पनि जाने थिए,’ उनले भने ।
सरकारले युवाहरुलाई परामर्श, तालिम र निगरानी दिनुपर्नेमा उनको जोड थियो ।

उनले जेलमा राणा शासन नभएपनि खान, बस्न, सुत्न र हिड्न पनि निकै गाह्रो भएको दुखेसो पोखे । साथै, उनले नेपालका जेलमा धेरै निर्दोष मान्छे रहेको दाबी गरे ।
‘अदालत गएर केहि बोल्न नसक्ने पनि छन् । मैले केहि गल्ती नगर्दा पनि नेपाल सरकारले किन मलाई जेल हाल्यो ? भनेर उनीहरु दिन राति रोइ रहेका छन्,’ उनले भने । जेलमा मान्छेलाई बोइलर कुखुरा जस्तो दाना पानी दिएर राख्न नहुने उनको तर्क थियो ।
यस्तै, नेपालको कानुनी प्रक्रियामा ढिलासुस्ती रहेको भन्दै छिटो छरितो हुनुपर्ने बताए ।नेपालका जेलमा धान खाने मुसा चोट पाउने भ्यागुता भनेजस्तो अवस्था रहेको बताए । उनले अहिले अवस्थामा नेपालका सञ्चारकर्मीहरुले पनि आम जनताको मुद्दा नउठाएको भन्दै गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here