काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
विहान बसेको शीर्ष तहका नेताको बैठकले सोमबार महानगरको प्रमुख र उपप्रमुखको टुंगो लगाउने निर्णय गरेको थियो ।


















