कामनपा २९ वडा अध्यक्षमा सुनिल राजभण्डारी उम्मेदवारी घोषणा

118
 काठमाडाैं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुखदलहरु चुनावी रणनीतिसहित गाउँ र शहरमा चहलपहल बढाउन थालेका छन् । स्थानीयतह निर्वाचनका लागि आयोगमा दर्ता भएका ८० मध्ये मुख्य पार्टीहरु चुनावी दौडमा लागिसक्दा अरु केही दलले पनि आ-आफ्नो रणनीति बनाउँदैछ । दलहरु निर्वाचन माहोमिँदै गर्दा गाउँगाउँमा चुनावी रौनक शुरु भएको छ । यसै क्रममा नेपालीजनता दलले पनि आफ्नो दलको उम्मेदवरी घोषणा गरेको छ । ‘नेपाली जनता दल’ नेपालको एक राजनीतिक दल हो । यसले संविधान सभानिर्वाचन २०६४ मा भाग लिएको थियो । जसमा २ जना सभासद यस दलको तर्फबाट निर्वाचित भएका थिए । संविधान सभा निर्वाचन २०७० मा यसदलको तर्फबाट १ जना सभासद निर्वाचित हुनुभएको थियो । नेपाली जनतादलको तर्फबाट पहिलोमा माननीय गायत्री शाह र माननीय विश्वनाथ प्रसाद अग्रवाल तथा दोस्रोमा माननीय हरिचरण शाह संविधान सभा सदस्य हुनुहुन्थ्यो । २०६५-२-१५ गते संबैधानिक समितिमा ७ प्रदेशको नामाकरण सहितको खाकादलको तर्फबाट पेश गरिएको थियो जुन खाका बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रादेशिक संरचना निर्माण भएको हो । नेपाली जनतादलको सैद्धान्तिक दृष्टिकोण सामाजिक न्याय सहितको जनतावाद र मानवतावाद तथा समानता आधारित सामाजिक लोकतान्त्रिक ब्यवस्था र समाजवादी अर्थ व्यवस्थाहो । दलले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मुख्य एजेण्डाको रूपमा अघि सार्दै आएको छ ।२०७९ सालको स्थानीय चुनावमा युवा पुस्तालाई हौसला जागृत गराउने उव्देश्य सञ्चारकर्मसंगै राजनीतिमा क्रियाशिल सुनिल राजभण्डारीलाई कामनपा २९ वडाको वडाअध्यक्ष पदमा नेपालीजनतादलले उम्मेदवारी घोषणा गरेको छ । नेपाली जनतादलले आफ्नो चुनावी घोषण पत्रमा भनिएको छः १, सामुदायिक हस्पिटलको स्थापना। वडा २९ को आफ्नै एम्बुन्सकोव्यवस्था। २, अव्यवस्थितजनावरहरुको व्यवस्थापन। ३, अव्यवस्थितपोल तथातारहरुको व्यवस्थापन। पिउने पानीको उचितव्यवस्थापन। ४, चोरीमाशतप्रतिसतन्यूनीकरण। घर घरमा साइरन जडानको व्यवस्था। ५, चोक तथागल्लीहरुमासिसि टिभिजडान तथा सुरक्षा गार्ड प्रबन्धको व्यवस्था। ६, चोकतथागल्लीहरु अध्यारो मुक्तगर्ने प्रतिबद्धता।७, सुरक्षितबातावरणको ग्यारेण्टी, फोहरको व्यवस्थापन, पोल पोलमाडस्बीनको व्यवस्था, धूलोखाल्डो मुक्तचौडा सडकको व्यवस्था। ८, अपरिचितव्यक्तितथा सम्पूर्ण वडा २९ बस्ने स्थायीतथा अस्थायी व्यक्तिहरुको विवरण संकलनगरि व्यवस्थिततरिकाले राख्ने। ताकी संगमगल्ली स्थित भएको बम काण्ड नदोह्रियोस। ९, बेरोजगार तथागलत बाटो समातेकाहरुलाई रोजगारीको सिर्जना गरि सहि बाटो देखाउने प्रयास। १०, वडा २९ को कार्यालय आफ्नै क्षेत्र भित्रनिर्माण गर्ने। ११, हरेकबाटो, सडक, गल्लीको बैज्ञानिक पध्दत्तिअनुसार नामसहितको पाता जडान गर्ने लगायतका छन् । नेपालीजनतादलले आफ्नो उम्मेदवारलाई अत्याधिकमतले बिजयी गराउन २९ वडा वासीमाअपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here