लोसपा महानगर अध्यक्ष ओमप्रकाश सरार्फले बिहीबार विज्ञप्ति प्रकाशित गरी एमालेसँग तालमेल गर्ने विषयमा नगर अध्यक्ष र समितिसँग कुनै परामर्श नगरेको बताएका छन्।
लोसपा वीरगन्जमा विकल्प दिन सक्षम रहेको भन्दै उनले यो निर्णयले पार्टीलाई क्षति पुग्ने दावी पनि गरेका छन्।
साथै अप्रत्यासित निर्णयले वीरगन्जका कार्यकर्ता र प्रस्तावित उम्मेदवारमा अन्यौलता छाएको उनले जनाएका छन्। एमाले र लोसपा नेतृत्वबीच भएको सहमति अनुसार वीरगन्जमा एमालेले मेयर र लोसपाले उपमेयर पाउने गरी तालमेल भएको छ।
