गजल

194

कस्ले देख्यो र मन्दिरको पेटिमा बस्नेलाई ।
सबैले खोजिरहेछ भगवान् रुपि मुर्तिलाई ।

खुसी पार्छन आफ्नै मन आत्मा पुष्प भेटी चढाएर
गाली गर्छन भगवान् कै सामु तिनै ले भिखारिलाई।

भौतारिरहन्छन् भगवान्  खोज्न सारा मन्दिर भरी
कुल्चेर हिडेको छ गरिबको भगवान् रुपी आत्मालाई।

लाख लाख भेटी चढाएर ईश्वरको खोजिमा हिड्छन
काहा बुझ्छ र मूर्ख मनुष्य ईश्वरको व्यापारी गर्नेलाई ।         – नगिन तामांग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here