तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

168

काठमाडौं ।  काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय १० रूपैयाँ  सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here