मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत : मन्त्री भुसाल

103

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने उद्देश्य रहेको बताएकी छन्। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको उनको भनाइ थियो।

गत मंसिर १ गतेबाट सिंचाईमा खपत हुने विद्युत शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताइन्।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई आग्रह गरिन्।

नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने उनको धारणा थियो। उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको बस्तुहरुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने भुसालको भनाइ थियो।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु। हामी धेरै कुरा गर्छ । धेरै कुरा माग्छौं। तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ। हाम्रो देश भित्र हुने कुरा चाँही आयात नगरौं’ उनले भनिन्।

अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने मन्त्री भुसालको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here