देशभर थप १ लाख २३ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाए

97

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार ७७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ गरी कुल ११ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा २ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई थप १७ जना डिस्चार्ज भएका छन् ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ । कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।  त्यस्तै, गत २४ घण्टामा देशभरबाट थप १ लाख २३ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here