काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को वैशाख १३ गतेको बैठकले सो निर्णय गरेको हो।
कार्यालय समय पनि बिहान ९:३० देखि ५:३० सम्म कायम गरिने भएको छ। ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजे साँझ ५:३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।


















