शुक्रबार पनि सेयर बजार खुल्ने

211

सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।

हाल साताको पाँच दिन कारोबार हुने गरेकोमा यसलाई नै यथावत राख्ने गरी तयारी भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए। आइतबारदेखि बिहीबारसम्म कारोबार हुने गरेको सेयर बजार आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार पनि खुल्ने भएको हो।

सेयर खरिद-बिक्री केन्द्रबाट वि. सं. २०५० मा नेपाल स्टक एक्सचेन्जको रुपमा रुपान्तरण भएसँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। सुरूमा दैनिक दुई घण्टा कारोबार हुने बजार हाल दैनिक ४ घण्टा खुला रहने गरेको छ।

यसअघि अन्य दिन एक पटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो। तर २०७३ यता भने नियमित कारोबारमै १ कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here