काठमाडौं । फुटबलका राष्ट्रिय खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल भएको छ । आज राष्ट्रिय खेलाडीहरुले सामूहिक पत्रकार सम्मेलन गरी विवादबारे खुलाएका हुन् ।
पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै खेलाडीहरुले सामान्य सेवा सुविधाको कुरा गर्दा आफूहरुलाई बन्द प्रशिक्षणबाट निष्काशन गर्ने सम्मको कदम चालेको आरोप लगाए । उनीहरुले भने,‘होस्टलमा कुनै सुविधा नभएको कुरा उठाउँदा प्रशिक्षणबाट हटाएर नयाँ २३ जना ल्याउने धम्की दिइयो ।’
होस्टलमा सामान्य सुविधा समेत नभएपछि होटलको व्यवस्था गर्न भनिएको तर प्रशिक्षक अब्दुल्लाले होस्टेलमा नबस्ने भए घर जान भनेको बताए । उनीहरुले कप्तान रोहित चन्दले होस्टलको व्यवस्थानमाथि प्रश्न उठाएको विषय राखेपछि अब्दुल्लासँग विवाद भएको खुलाए ।
रोहितले जर्सी समेत दिएर हिंडेको र पछि सबै खेलाडीले उनलाई साथ दिएको बताए । जायज माग उठाउँदा प्रशिक्षक अल्मुताइरीले आफूहरुलाई बन्द प्रशिक्षणबाट हटाउन खोजेको बताए ।
एशिएन कप छनोटका लागि फुटबलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विवाद भएको हो । टोलीका कप्तान रोहित चन्दलाई नै हटाउन अल्मुताइरी लागेपछि खेलाडीहरु एकजुट भएका हुन् ।
टोलीका कप्तान रोहित चन्दलाई नै हटाउन अल्मुताइरी लागेपछि खेलाडीहरु एकजुट भएका हुन् । उनीहरु प्रशिक्षण छाडेका छन् । कप्तान रोहित चन्दले आफू केही इन्जुरी भएको र यही आधारमा टोलीबाट हटाउन खोजिएको बताए ।


















