एजेन्सी। चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ ।
बेइजिङ, सांघाईलगायत ठूला शहरहरुमा कडाई गरिएको छ । समुदायमा कोरोनाको परीक्षणहरु गरिएका छन् । विद्यालय र ठूलो समुदायमा लकडाउनको असरहरु परेका छन् । तथापि संक्रमण अझै देखिएको छ ।
बेइजिङमा मानिसहरु खानाको जोहो गर्न दौडिने गरेका छन् । निरन्तर संक्रमित देखिएबाट चीनले बेइजिङ र सांघाई जस्ता शहरहरुका जोखिमयुक्त क्षेत्रमा हिंडडुलको प्रतिबन्ध अझै फुकाएको छैन ।


















