जिम्बावेविरुद्ध अन्तिम खेलमा नेपाल विजयी

93

काठमाडौं  ।  जिम्बावेविरुद्ध अन्तिम तथा तेस्रो तेस्रो टी-२० खेलमा नेपाल विजयी भएको छ।

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडेको थियो। जवाफि ब्याटिङ्‍मा उत्रेको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै १३८ रन जोड्यो।  जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तानसन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १/१ विकेट लिए।

यस्तै नेपालका लागि कुल भुर्तेलले २६ बल खेल्दै ३४ रनमा आउट भए भने बाशिर अहमद १५ बलमा १० रन जोड्दै आउट भए।  आशिफ शेख ५४ बल खेल्दै अवजित ८७ रन जोडे।  जिम्बावेसँगको पहिलो टी-२० खेलमा नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो।  यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here