चुनाव प्रचारका गाडीमा बन्दूकधारी प्रहरी जत्थाको आक्रमण

183

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि प्रहरीको हस्क्षेप गरेको बताइएको छ ।

शुक्रबार बेलुकी ६ बजेतिर घरदैलो कार्यक्रम सम्पन्न गरी पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेका गाडीहरु बुद्ध नगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा जाँदै गरेको अवस्थामा गाडीलाई रोकेर प्रहरीले झण्डा र ब्यानरहरु च्यातेर फालिदिएको जनाइएको छ ।

यस बिषयको जानकारी दिदै काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डेले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘काठमाण्डौको मेयर र उपमेयरका स्वतंत्र उमेदवारहरु निमकान्त पाण्डे र उमा गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि बानेश्वरको चौकमै गठबन्धन सरकारका प्रहरीको जत्थाले आक्रमण गरेको छ ।

शुक्रबार बेलुकी ६ बजेतिर घरदैलो कार्यक्रम सम्पन्न गरी पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेका गाडीहरु बुद्ध नगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा जाँदै गरेको अवस्थामा बन्दूक देखाउँदै गाडीलाई रोकेर प्रहरीको बन्दूकधारी समूहले झण्डा र ब्यानरहरु च्यातेर फालिदिएका छन् ।

निर्वाचन आचारसंहिता पूर्ण पालना गरिरहँदा पनि सरकारी गुण्डागर्दीले चुनाव प्रचारमामा किन अवरोध गर्ने दुस्साहस गरेको हो रु गम्भिर प्रश्न खडा भएको छ ।

मेयरका उमेदवार म स्वयम् निमकान्त पाण्डेले गाडीबाट बाहिर निस्किएर यस्तो ज्यादति नगर्न प्रहरीलाई अनुरोध गर्दा प्रहरीले हामीलाई माथिको आदेश यस्तै छ हजुर भन्दै आक्रामक रवैया देखाउँदै झण्डाहरुले सजाईएका गाडीहरुलाई नांगो बनाएर छोडेका थिए !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here