सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यक्ति पक्राउ

74

दाङ । सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भन्दै स्टेटस लेख्ने दाङको तलुसीपुर उपमहानगरपालिकाका –५२ वर्षीय यज्ञबहादुर बुढा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले नेपाल लाइभलाई जानकारी दिए।

‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ’ भन्ने प्रचण्ड दाङ आए जुत्ता हान्ने भन्दै उनले स्टेटस लेखेका थिए। उनले आफू पत्रकार भएको बताए पनि पत्रकार हो/होइन भन्ने पुष्टि भइनसकेको एसपी काफ्लेले बताए।

उनीमाथि थप सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ। प्रचण्ड आइतबार नै चुनावी सभालाई सम्बोधन गर्न दाङ जाँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here