आज तीन नयाँ चलचित्र प्रदर्शनमा

170

कठमाडौं । यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’  गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो। ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो। चलचित्रलाई साम राइमीले निर्देशन गर्नुभएको छ । चलचित्रमा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्जको भूमिकामा देखिनुभएको छ।

यस्तै लक्का जवान हास्य कलाकार शिवहरि पौडेलले निर्देशन गर्नुभएको चलचित्र हो। चलचित्रमा शिवहरिसँगै मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, दिलीप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, सुरेन्द्र केसी, स्व.जयनन्द लामा, अन्सुया श्रेष्ठ, नरेन्द्र कङ्शाकार, देशभक्त खनाललगायतको अभिनय देख्न सकिन्छ।

‘षट्कोण’ छ पात्रको वरिपरि घुमेको चलचित्र हो। मिलन डी काप्रिको निर्देशन रहेका चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असीम लामाको अभिनय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here