पार्टी परित्याग गरेका कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश

159

काठमाडौं । माेहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे पार्टी परित्याग गर्दै केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे छ ।

वैद्य माओवादीको केन्द्रीय सदस्य तथा वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईंको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ परित्याग गरेर जनसमाजवादी मञ्चमा रहनुभएका केन्द्रीय सदस्य धनबहादुर महर्जनसहितका नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा अध्यक्ष प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here