काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो।
बैठकमा सिसिएमसीले प्रस्ताव गरेका विषयलगायतमा छलफल हुने एक स्राेतलेे जनाएका छन् ।
शुक्रबार बसेको सिसिएमसीको बैठकले कोरोना प्रभावित देशहरु सँगको उडान र राष्ट्रिय उडान रोक्न सिफारिस गरेको थियो।


















