काठमाडौं/ नेपालमा भारतले नाकाबन्दी लगाएपछि विकल्पमा चीन पनि रहेको भन्दै चीनसाग महत्वपूर्ण सम्झौता गरेका प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार एमाओवादीले पुनर्निर्माणको काममा ढिलासुस्ती भएमा सत्ता साझेदारीबाट हात झिक्ने संकेत गरेपछि पुनर्निर्माणमा गति दिन कडा निर्देशन दिएका छन् । भूकम्प गएको लामो समय पुगिसक्दा पनि पुनर्निर्माणको काम सुरु नभएपछि चौतर्फीरूपमा सरकारको आलोचना हुादा सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पुनर्निर्माणको कामलाई गति दिन दबाब दिादै सत्ता साझेदारीबाटै हात झिक्ने चेतावनी दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले आफू बलियो बन्नका लागि पुनर्निर्माणको काम दु्रतगतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै ओलीले एक महिनाभित्र गरिसक्नुपर्ने काम एक वर्षसम्म पनि पूरा नभएको भन्दै यस्तै गतिमा अघि बढेमा दशकौासम्म पनि काम नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले मुलुक संकटमा परेका बेला विभिन्न बहानामा पन्छिन खोज्ने कर्मचारीहरूप्रति आक्रामक बन्दै सेवा र सुविधा मात्र खोज्ने कर्मचारीहरू पदमा बसिरहन पनि आवश्यक नरहेको जनाए । उनले पुनर्निर्माणका बेला कहीाकतै अनियमितता भएको पाइएमा त्यस्ता कर्मचारीहरूलाई सफाइको मौकासमेत नदिने चेतावनी दिादै पुनर्निर्माणको कामलाई जतिसक्दो छिटो अघि बढाउन निर्देशन दिए ।


















