धमलाले पाएको पुरस्कार पत्रकार महासंघलाई चन्दा

124

काठमाडौ, ३ चैत । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई पेखरामा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ हजार पुरस्कार रासीको स्वर्गीय टंकादेवी तुलसीप्रसाद कोइराला स्मृत्ति पत्रकारिता पुरस्कार प्रदान गरेका छन् ।
छोरा सुवर्ण प्रसाद कोइरालाको सक्रियतामा स्थापित सो पुरस्कार निर्भिक रूपमा समाचार सम्प्रेषण गरेर राष्ट्र र जनतामा पुर्‍याएको योगदानका सार्थ पत्रकारिताको विकास र लोकतन्त्र, विधिको शासन स्थापनामा पुर्‍याएको योगदानको कदर गर्दै धमलालाई सो पुरस्कार प्रदान गरिएको हो । धमलाले पुरस्कार रासी २१ हजार र त्यसमा ब्यक्तिगत रूपमा २५ हजार थप गरेर ४६ हजार रूपैया धादिङ पत्रकार महासंघको भवन निर्माणकोलागि भन्दै महासंघका अध्यक्ष महेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए ।
पुरस्कार हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार ऋषि धमला सहृदयी, सहयोगी, असल मान्छे भएको भन्दै आफूले पाएको पनि पत्रकार महासंघको भवन निर्माणलाई दिएर उदाहरण प्रस्तुत गरेको बताए ।
पुरस्कृत धमलाले आफूलाई पुरस्कारले थप हौसला प्रदान गरेको भन्दै आफू पत्रकारिताको विकास र विस्तारका साथै लोकतन्त्र र विधीको शासनको स्थापनामा निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here