काठमाडाैं । आसन्न एशियन कप छनोटका लागि नेपालबाट युवा टिम नै खेल्न जाने भएको छ । हाल एशियन कप छनोटको तयारीमा रहेको नेपाली टिमका मुख्य तथा सिनियर खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विरोधमा उत्रिएर क्याम्प छोडेपछि आसन्न एशियन कप छनोटमा उनीहरु टिममा नपर्ने भएका छन ।
करिव दुई साता अगाडी प्रशिक्षक अब्दुल्लाहको विद्रोहमा उत्रिएर सिनियर खेलाडी रोहित चन्दसँग अरु नौं जना मुख्य खेलाडीले क्याम्प छोडेका थिए । त्यो विवाद अझैपनि निचोडमा पुग्न सकेको छैन ।
यता अब्दुल्लाहले क्याम्पमा थप १७ जना नयाँ खेलाडी बोलाएर प्रशिक्षण अगाडी बढाइहरेका छन भने क्याम्प छोडेका खेलाडी आफुलाई अन्याय भएको र न्यायका लागि गुहारिरहेका छन । जसमा एन्फाले पनि यो बिषयमा ठोस निस्कर्ष निकाल्न सकेको छैन । दुई दिन अगाडी छानविन समिती बनाउने भनेपछि त्यो समितीको अझै टुंगो लाग्न सकेको छैन ।
तर कुवेतमा हुने एशियन कप छनोट खेल्न जान अगाडी नेपाल टिमले कतारमा १० दिनको क्याम्प राख्दैछ । जसका लागि नेपाली टिम एक सातामा कतार जाने तयारीमा छ । यता खेलाडी र प्रशिक्षकको विवाद यो एक सातामा मिल्ने संभावना कम देखिदै गएको छ भने प्रशिक्षकले विरोधमा उत्रिएका खेलाडीलाई कुनैपनि हालतमा टिममा नराख्ने अडानमा छ ।
एशियन कप छनोटको तेस्रो चरणमा नेपालले कुवेत, जोर्डन र इन्डोनसियासँग खेल्नुपर्नेछ । जसका लागि प्रशिक्षकले यसअघि नै नेपाल छनोट हुन नसक्ने बताइसकेका छन भने त्यसको जिम्मा आफुले लिने बताएका छन ।
यो विवादमा कप्तान किरण चेम्जोङले फेसबुकमा खेलाडीको समर्थन गरेर आफ्नो भनाई राखेका थिए । तर किरणलाई टिममा राख्नछ वा राख्दैनन् एकिन छैन । उनी अहिलेसम्मपनि क्याम्पमा जोडिएका छैनन् ।
अब यो घटनाले कुवेती भूमीमा नेपालको प्रदर्शन झन टिठ लाग्दो त हुने होइन भन्ने अर्को चिन्ता थपिएको छ भने विरोधमा उत्रिएका केहि खेलाडी भने बलिको बक्रा जस्तै बनेका छन । विरोधमा रहेका १० खेलाडीमा केहि खेलाडी भने अझैपनि मौन नै बसेका छन ।
छनोटमा नेपाल समूह ए मा रहेर प्रतिस्पर्धा गर्दै छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आगामी ८ देखी १४ जुन सम्म आयोजना हुँदै छ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा स्थान बनाउने छन्।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले ८ जुनमा जोर्डनसँग खेल्दा दोस्रो खेलमा ११ जुनमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ जुनमा नेपालले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
थप गरिएका खेलाडी
विकेश कुथु (गाेलकिपर), विशाल सुनार (गाेलकिपर), अभिषेक बराल (गाेलकिपर), आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जरगाह मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, संजोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ, सुशील राई
तर विकेश कुथुले क्याम्पमा नजाने निर्णय गरेका थिए । नेपाली टिम यतिबेला घरेलु मैदानमा अन्तिम तयारीमा रहेको छ ।


















