कसैको आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह

109
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कसैको लोभ, लालच, आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन् । बिहिवार निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तको आधारमा मतदान गर्न आग्रह गरेका हुन् ।

‘लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो,’ निर्वाचनको पूर्व सन्ध्यामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तमार्फत निर्देशित भई कसैको लोभ लालच, आश्वासन वा अन्य कुनै दबाबमा नपरी विवेकको मत सही ठाउँमा सही तरिकाले प्रयोग गर्न हार्दिक आव्हान गर्दछु ।’

उनले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले पुर्याउने र तत्काल मतगणना गर्ने तयारी समेत भएको जानकारी दिए ।

निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम भएकाले मतदान कार्यलाई सफल बनाउन आग्रह समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here