कामपामा बालेन अगाडि कायमै

119

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लैगेका छन् । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ६७४ मतले पछि पार्दै अग्रता कायमै राखेका छन्। शाहले १७०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका स्थापितले १०३२ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८६४ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइरहेकी छन् । उनले १८४२ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here