पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

246

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याउनुभयो ।

वडा नं २ मा  कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी  एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गर्नुभयो ।   रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here