विभिन्न धनमाल चोरी

171

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने धन भाजुको घरबाट सुनका विभिन्न गहना र चाँदीको कल्ली समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको ताला फुटाई उक्त सामान चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here