काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ।
बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका हुन्।
सदस्यमा पार्टीकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र कलिमा खातुन विजयी भएका हुन्।
फेटा गाउँपालिकाको अध्यक्ष पदका उमेदवार रुस्मत अन्सारीले पनि अग्रता लिइरहेको अध्यक्ष मिश्रले विज्ञप्तिमार्फत जनाएका छन्।

















