स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन

127

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं. २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं. ७ मा मतदान जारी छ ।

यसैगरी बाराको पचरौता नगरपालिका वडा नं. २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं. २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here