इच्छाकामनामा नेकपा एमालेकाे जित

102

चितवन । इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका दानबहादुर गुरुङ निर्वाचित भएका छन् ।

७ वटा वडा रहेको यस गाउँपालिकाको वडा नम्बर ७ मा अझै ४०० मत गन्न बाँकी छ। तर अध्यक्ष पदका प्रत्यासी कांग्रेसकी गीताकुमारी गुरुङको भन्दा दानबहादुर गुरुङको मत १५२० ले बढी आएपछि दानबहादुर गुरुङको जित सुनिश्चित भएको हो। दानबहादुर गुरुङले ५९०३ मत प्राप्त गरेका छन् भने गीताकुमारी गुरुङले ४३७५ मत प्राप्त गरेकी छन्।

यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेकी नेतृ माया सिलवालको जित सुनिश्चित भएको छ। उनले ५१४८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका प्रता‍प गुरुङले जम्मा ४८३९ मत ल्याएका छन ।  ४०० मत गन्न बाँकी रहँदा माओवादीका गुरुङभन्दा एमालेकी सिलवाल ३०९ मतले अगाडि छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here