धनुषा । जिल्लाकाे मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याए ।
नेकपा एकीकृत समाजवादीका सूर्य प्रसाद पुडासैनीले ३ हजार ९०३ मत पाए । यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।
उनी ७ हजार ४१४ मतका साथ उपमेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीकी कविताकुमारी सिन्हाले ३ हजार ८६२ मत पाइन् ।


















