एसिया कपका लागि नेपाली फुटबल टोली घोषणा

160

काठमाडौं । कप्तान तथा गोलरक्षक किरण लिम्बूबिना नै एसिया कप छनोट तेस्रो चरणका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टिममा किरण परेनन् । उनले पनि प्रशिक्षकविरुद्ध आवाज उठाएका खेलाडीको पक्षमा बोलेका थिए ।

ती विद्रोही १० खेलाडीको अनुपस्थितिमा टिममा चार नयाँ अनुहारले स्थान पाएका छन् । त्यसमा विकास तामाङ, शिव गुरुङ, नीरकुमार राई र रोशन रानामगर छन् । नेपालले एसिया कप छनोट तेस्रो चरणको समूह ‘ए’ का खेलमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । समूहका सबै छनोट खेल कुवेतमा हुनेछ ।

घोषित टिमका खेलाडीमा दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा, विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, आकाश बुढामगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदम्बे, सुनील बल, सुरजज्यू ठकुरी, आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनीष डाँगी र नवयुग श्रेष्ठ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here