राष्ट्रपति जो बाइडेन र कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा भेटवार्ता

146

सोल । अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ ।

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आउनुभएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो ।

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उहाँहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

उहाँले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गर्नुभयो । उहाँले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उहाँहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गर्नुभएको जनाइएको छ ।

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here