दैलेख आठबीस नगरपालिकामा बस दुर्घटनाका मृतक चारैजनाको सनाखत

82

काठमाडौं । दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुने चारजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका ९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका ३ का ३५ वर्षीय ज्ञान बहादुर बम र कालीकोटकै पचालझरना गाँउपालिका ३ का ६० वर्षीया धनकला शाही रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकलाको उपचारको क्रममा र बाँकी तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते यात्रुलाई उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

मुगुबाट नेपालगञ्जतर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको बस हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here