काठमाडौंकी उपमेयर सुनिता डंगोलको पहिलो निर्णय

169

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख सुनिता डंगोलले पदबहाली गरेलगत्तै महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन्। न्यायिक समिति प्रमुखको हैसियतमा यो उनको पहिलो निर्णय हो । महानगरपालिकाका सबै वडामा महिला सेल गठन गरिनेछ । यो सेलले हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापन गर्नेछ । महिला सेलले महानगरको न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्नेछ ।

यो विषय निर्वाचनअघि डंगोलको घोषणापत्रमै उल्लेख भएको कुरा हो । उनले पदबहादलीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर पनि हस्ताक्षर गरेकी छन्। मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै छिनोफानो गरिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here