काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो।
प्रतिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।


















