बारा । कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको सोही उपमहानगरपालिका मियाँ टोलस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक
अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कोल्हबी नगरपालिका-११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरीको घर नजिक रहेको आफ्नै पोखरीमा डुबेर बुधबार राति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















