यस बर्षकाे वातावरण पत्रकारिता पुरस्कार तेजेन्द्र केसीलाई प्रदान

185

रातोपाटीकर्मी तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ (रुपन्देही) बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीले आज एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पाएका हुन् ।

केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले  पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासङ्घ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिँदै आएको छ । यसवर्ष उक्त पुरस्कार केसीलाई  प्रदान  गरिएको हो ।

मन्त्रीसँगै पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,  पुरस्कार स्थापनाकर्ता नारायण सापकोटा ,महासङ्घ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाईँ, निवर्तमान अध्यक्ष यानेन्द्र   जिसी, पुरस्कार मूल्याङ्कन समितिका संयोजक माधव ढुङ्गाना लगायतले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि २५ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here