जाजरकोट । जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयको ढोका तोडफोड गरि कोठा भित्रका महत्वपुर्ण सामाग्री नष्ट गरेको आरोमा नलगाड नगरपालिका ५ का २० बर्षीय जनक वली र २१ बर्षीय बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरी आवस्यक कारवाही सुरु गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो ।
आरोपित युवाले विद्यालयको ढोका फोडी कम्प्युटर,कर्सी, टेबुल लगाएतका सामाग्रीहरु तोडफोड गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट सात सात दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । जनकल्याण आधारभुत विद्यालयका शिक्षक मदन रावलका अनुसार युवाहरुले आठ देखि १० लाख बरावर क्षति पुर्याएको बताउनुभयो ।


















