काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि विनियोजित वजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
अर्थमन्त्रीले सरकारी कार्यालयका लागि सवारी साधन खरिद नगर्ने घोषणा गरेको छन् सञ्चार मन्त्रालयको विनियोजित वजेटमा भने मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेको भन्दै उनले कुन चाहिँ झुटो हो हो ? भनी प्रश्न गरेका छन् ।

















